कलैयामा शुरु भयो ‘सस्तो रमाईलो मेला २०७८’
ए वान डेस्क /
बाराको सदरमुकाम कलैयामा सस्तो रमाईलो मेला २०७८ शुरु भएको छ । जिनियस डान्स एकेडेमी कलैयाको आयोजनामा हिजोदेखि शुरु भएको सस्तो रमाईलो मेला कार्तिक २२ गतेसम्म चल्नेछ ।
मेलाको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश यादवले उद्घाटन गर्नुभएको थियो । अदालत टोलमा शुरु भएको मेलामा उद्योग, व्यापार, घरेलु तथा लघु उद्यम, पर्यटन, कृषि, सुचना प्रविधि तथा सेवा क्षेत्रको बृहत प्रदर्शनी गरिनेछ । कार्यक्रममा उप प्रमुख रहिमा खातुन लगायतको उपस्थिति रहेको थियो ।

आयोजक संस्थाका अध्यक्ष अन्कुस ब्याहुतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी साजिर मंसुरले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले मेलाले कलैयाको पर्यटन विकाससंगै आन्तरीक विकासका पनि टेवा पुग्ने बताउनुभयो ।
मेलामा मुख्य सहयोगी संस्थाको रुपमा कलैया उपमहानगरपालिकाको कार्यालय, सहयोगी संस्थाको रुपमा जे.सि.आई. कलैया रहेको छ । मेलाको ईभेन्ट व्यवस्थापन द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ प्रा.लि विरगञ्जले गरेको छ ।
















