ल है आयो ‘यु आर गोल्ड प्रिमियम मसला चिया’ !
ए वान डेस्क /
यु.आर प्याकेजिङ उद्योग सिमरा बाराले यु आर गोल्ड प्रिमियम मसला चियाको बिक्री वितरण सुरु गरेको छ । यु.आर अटोमेटिक लण्ड्रीबाट सफल्ता प्राप्त गरेका यु आर प्याकेजिङ उद्योग सिमरा बाराले बजारमा आकर्षक प्याकमा प्रिमियम मसला चियाको बिक्री वितरण सुरु गरेको हो ।
बगानबाटै टिपिएको ताजा एवं उत्कृष्ट चिया र असली मसलाहरुको मिश्रण गरी तयार पारेको यो मसला चिया उच्च गुणस्तरीय र स्वास्थ्यवर्धक रहेको कम्पनीले जनाएको छ । मसला चियामा अदुवा, सुकुमेल, ल्वाङ, दालचिनी र मरिच जस्ता रोग प्रतिरोधी क्षमता बढाउने तथा मानव स्वास्थ्यका लागि अत्यन्तै हितकारी मसलाहरुको समिश्रण रहेको यु.आर प्याकेजिङ उद्योग सिमरा बाराकी सञ्चालिका रिता चौलागाईले जानकारी दिनुभयो ।
उहाले नाफाको केहि रकम अनाथ बालबालिकालाई सहयोग गर्ने गरी यु आर गोल्ड प्रिमियम मसला चियाको बिक्री वितरण सुरु गरिएको बताउनुभयो ।















