कलैया सस्तो रमाईलो मेला : आज गायक कमल खत्री आउने

ए वान डेस्क
१३ कार्तिक २०७८, शनिबार १०:२३

ए वान डेस्क /

बाराको सदरमुकाम कलैयामा जारी सस्तो रमाईलो मेला २०७८ मा आज चर्चित गायक कमल खत्रीले आफ्नो प्रस्तुती देखाउने भएका छन् । जिनियस डान्स एकेडेमी कलैयाको आयोजनामा अदालत टोलमा जारी सस्तो रमाईलो मेलामा गायक खत्रीले आज प्रस्तुती देखाउने भएका हुन् ।

युवा पुस्तामाझ निकै नै लोकप्रिय गायक खत्रीले दर्जनौ हिट गित गाईसकेका छन् । मेलामा उद्योग, व्यापार, घरेलु तथा लघु उद्यम, पर्यटन, कृषि, सुचना प्रविधि तथा सेवा क्षेत्रको बृहत प्रदर्शनी गरिएको छ ।

मेलामा मुख्य सहयोगी संस्थाको रुपमा कलैया उपमहानगरपालिकाको कार्यालय, सहयोगी संस्थाको रुपमा जे.सि.आई. कलैया रहेको छ । मेलाको ईभेन्ट व्यवस्थापन द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ प्रा.लि विरगञ्जले गरेको छ । मेला कार्तिक २२ गतेसम्म चल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*