जीतपुरसिमरामा छठको तयारी शुरु, रातोपुलमा दाहसंस्कार नगर्न आग्रह

फाईल फोटो
ए वान डेस्क
१६ कार्तिक २०७८, मंगलवार ०९:२५

ए वान डेस्क /

अहिंसाप्रति मानवको रूचि बढाउने र सबै जिवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्ने तराईवासीको महत्वपूर्ण पर्व छठको तयारी सुरु भएको छ । तराई मधेसका मुख्य पर्वमध्ये विशेष कठोरताको पर्वको रूपमा रहेको छठको तयारी बारासहित तराइका जिल्लामा सुरु भएको हो ।

नियम निष्ठा र विधिपूर्वक मनाइने यस पर्वमा आवश्यक पर्ने सामग्रीको जोरजम गर्न स्थनीय व्यस्त छन् । बासका डाला, नाङ्लो, ढकिया, कनसुप्ती र माटोको सामग्री लगायत नरिवल, सख्खर किनमेलमा सर्वसाधारण लागेका हुन् ।

मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने यस पर्वलाई रौनकता प्रदान गर्न जीतपुरसिमरा उपमहानगरपालिकाको बिभिन्न स्थानमा सरसफाइ गरी बिजुली, पण्डालको व्यवस्था मिलाउने कार्य भइरहेको छ ।

चार दिनसम्म मनाइने पर्वमा सम्पूर्ण शक्तिको श्रोत सूर्यको उपासना गर्दै पहिलो दिन नुहाएर चोखो भइ खाने, दो श्रो दिन खरना, ते श्रो दिन अस्ताउदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत रुपमा समापन गरिन्छ । छठ पर्व ब्रत अवधिभर माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामल गायतका खाद्यवस्तुहरू अनिर्वाय बार्ने चलन रहेको छ ।

यसैबिच, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित रातोपुलसंगै रहेको छठ घाटमा कुनै पनि व्यक्तिको दाहसंस्कार नगर्न व्यवस्थापन समितिले आग्रह गरेको छ । समितिका सदस्य एवं समाजसेवी मुकेश गुप्ताले रातापुलको पुर्वपट्टि दाहसंस्कार गर्न आग्रह गर्नुभयो ।

‘हामीले अब छठ घाटको तयारी गर्दैछौ, त्यसकारणले पनि पश्चिम पट्टिको भाग अर्थात छठ घाट बनाउने ठाउमा दाहसंस्कार नगर्न सबैलाई आग्रह गर्दछु’ उहाले भन्नुभयो ।

उहाले छठ घाटको तयारी शुरु भईसकेको भन्दै सबैलाई सहयोगको निम्ति आग्रह गर्नुभयो । छटघाट व्यवस्थापनको निम्नि महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएका गुप्ताले यसबर्षको छठ घाट बिगतमा भन्दा व्यवस्थित बनाउने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*