मनकारी ‘वडा अध्यक्ष’ : ब्रतालुलाई छठ सामाग्री सहयोग
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ताले छठका ब्रतालुहरुलाई छठको सामाग्री वितरण गर्नुभएको छ । बिगत १४ बर्षदेखि छठका ब्रतालुहरुलाई छठको सामाग्री वितरण गर्दै आउनुभएका गुप्ताले यसबर्ष पनि वितरण गर्नुभएको हो ।
वडा नम्बर ७ को कार्यालयमा आज आयोजित एक कार्यक्रमकाबिच सामाजिक क्षेत्रमा सक्रिय वडा अध्यक्ष गुप्ताले एक सय भन्दा बढि ब्रतालुलाई छठ सामाग्री वितरण गर्नुभएको हो । जीतपुरसहित बकुलिया, रमौली लोसन्डा लगायतका क्षेत्रका ब्रतालुहरुलाई छठ सामाग्री वितरण गरिएको वडा अध्यक्ष गुप्ताले बताउनुभयो ।
छठको समयमा किनमेल गर्न नसक्ने अति बिपन्न परिवारका सदस्यलाई छठ सामाग्री वितरण गरिएको उहाले बताउनुभयो । उहाले आगामी दिनमा पनि आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।















