शुरु भयो ‘दुधौरा व्यापार महोत्सव २०७८’
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ मा दुधौरा व्यापार महोत्सव २०७८ शुरु भएको छ । महोत्सवको एक कार्यक्रमकाबिच बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले उद्घाटन गर्नुभएको थियो ।
महोत्सव उद्घाटन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी सेढाईले महोत्सवको सफल्ताको कामना गर्नुभयो । बिभिन्न समयमा आयोजना हुने मेला महोत्सवले पर्यटन प्रवद्र्धनमा ठुलो भुमिका खेल्ने भन्दै उहाले सभ्य रुपमा मेला गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा नम्बर १४ का कार्यबहाक अध्यक्ष राम दुलारी थरुईन, बरिष्ठ पत्रकार प्रकाश लम्साल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष हिरा बहादुर गुरुङ, वडा नम्बर ३ की वडा सदस्य रुकु पाख्रिन, वडा नम्बर ३ की सदस्य सुकु बिश्वकर्मा, नेकपा माओवादी केन्द्रका नेता भरत भण्डारी, काग्रेस नेता ओम पाण्डे लगायतको उपस्थिति रहेको थियो । महोत्सव मुल आयोजक समितिका संयोजक जेम्स घलेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रदिप गौतमले गर्नुभएको थियो । द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ विरगञ्जको आयोजनामा हिजोदेखि शुरु भएको महोत्सव मंसिर २२ गतेसम्म चल्नेछ ।
दुधौरा खेला मैदानमा आयोजना गरिएको महोत्सवमा १ दर्जन भन्दा बढि राष्ट्रिय स्तरका चर्चित कलाकारहरुले प्रस्तुती देखाउने संयोजक जेम्स घलेले जानकारी दिनुभयो । महोत्सवमा मनोरञ्जनात्म बाल उद्यान, स्वेदशी तथा बिदेशी स्टलहरु, खानाका बिभिन्न स्टलहरु रहेको छ ।
महोत्सवमा आज चर्चित गायक रबि रिमाल र भोजपुरी गायक प्रमोद जख्मीले बिशेष प्रस्तुती देखाउने कार्यक्रम छ । महोत्सव अवधीभर चर्चित गायक रमेश श्रेष्ठ मेलोडीले कार्यक्रम सञ्चालन गर्नुहुने छ ।















