थानिमाई बन समुह : अध्यक्षका लागी चार जनाको उम्मेद्धवारी घोषणा

ए वान डेस्क
३ पुष २०७८, शनिबार १०:०७

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको थानिमाई बन उपभोक्ता समुह यतिबेला निर्वाचनमा होमिएको छ । पुष १० गते हुने संस्थाको अधिवेशनको नया कार्यसमिति चयन गर्ने भएपछि समुह यतिबेला निर्वाचनमा होमिएको हो ।

समुहको अध्यक्ष पदका लागी अहिलेसम्म चार जनाले उम्मेद्धवारी घोषणा गरेका छन् । अध्यक्ष पदका लागी माधव त्रिपाठी, कुमार भट्राई, गोबिन्द बहादुर अधिकारी बिनोद र राजकुमार बर्तौलाले उम्मेद्धवारी घोषणा गर्नुभएको छ ।

त्रिपाठी यसअघि २ कार्यकाल अध्यक्ष भईसक्नुभएको छ । २ कार्यकाल सदस्यमा रहनुभएका अधिकारी पनि आफु जित्ने दाबी गर्नुहुन्छ । निर्वाचन समितिका अनुसार भोलि मतदाता नामावली प्रकाशन गरिदैछ ।

उम्मेद्धवारी अन्तिम नामावली भने पुष ७ गते प्रकाशन गरिने जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*