अमलेखगञ्जमा रिभर साईडको उद्घाटनमा ‘सास्कृतीक धमाका’
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जमा रहेको रिभर साईड फेमिलि कटेज सञ्चालनमा आएको छ । युवा व्यवसायीहरु विनय साह, रोशन बस्नेत र भिम लामाको संयुक्त लगानीमा रिभर साईड फेमिलि कटेज सञ्चालनमा आएको हो ।
५० लाख भन्दा बढिको लगानीमा सञ्चालनमा ल्याईएको कटेजको औपचारीक उद्घाटन भने हुन बाकी छ । झोलुंगे पुल अगाडी सञ्चालनमा आएको कटेजको पुष १५ गते उद्घाटन गरिने सञ्चालक विनय शाहले जानकारी दिनुभयो । उद्घाटनको अवसरमा कटेजले बिशेष सास्कृतीक कार्यक्रमको आयोजना गरेको छ ।
चर्चित कलाकारहरुको उपस्थितिमा आयोजना हुन लागेको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको शाहले जानकारी दिनुभयो । कार्यक्रममा चर्चित भोजपुरी गायक सुनिल पण्डित, गायक विकास पाण्डे, पनाम ब्याण्ड पथलैया, गायक देवेन्द्र कार्की, र्यापर भुपेको साथमा अमलेखगञ्ज डान्स कु्रको प्रस्तुती रहने शाहले जानकारी दिनुभयो ।
पर्यटकीय क्षेत्रको रुपमा विकास हुदै गईरहेको अमलेखगञ्जमा आन्तरीक तथा बाह्य पर्यटकलाई लक्ष्ति गरी कटेज सञ्चालन गरिएको अर्का सञ्चालक रोशन बस्नेतले जानकारी दिनुभयो । ‘निकट भबिष्यमा हरेक चाड पर्वमा बिभिन्न सास्कृतीक कार्यक्रम गर्ने हाम्रो योजना छ, आन्तरीक र बाह्य पर्यटक लक्ष्ति सेवा सुविधा हामीले प्रदान गर्नेछौ’ अर्का सञ्चालक भिम लामाले भन्नुभयो ।















