पञ्चकन्याले गरे ‘रिभर साईड फेमिलि कटेज’ को उद्घाटन

ए वान डेस्क
२३ पुष २०७८, शुक्रबार ०९:३५

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जमा रहेको रिभर साईड फेमिलि कटेजको उद्घाटन गरिएको छ । युवा व्यवसायीहरु विनय साह, रोशन बस्नेत र भिम लामाको संयुक्त लगानीमा सञ्चालनमा आएको रिभर साईड फेमिलि कटेजको उद्घाटन गरिएको हो ।

कटेजको पञ्चकन्याको हातबाट उद्घाटन गरिएको थियो । ५० लाख भन्दा बढिको लगानीमा सञ्चालनमा ल्याईएको कटेजको उद्घाटनको अवसरमा बिशेष सास्कृतीक कार्यक्रम आायेजना गरिएको थियो ।

झोलुंगे पुल अगाडी सञ्चालनमा आएको कटेजको उद्घाटन कार्यक्रममा चर्चित भोजपुरी गायक सुनिल पण्डित, गायक विकास पाण्डे, पनाम ब्याण्ड पथलैया, गायक देवेन्द्र कार्की, र्यापर भुपेको साथमा अमलेखगञ्ज डान्स कु्रको प्रस्तुती रहेको थियो । पर्यटकीय क्षेत्रको रुपमा विकास हुदै गईरहेको अमलेखगञ्जमा आन्तरीक तथा बाह्य पर्यटकलाई लक्ष्ति गरी कटेज सञ्चालन गरिएको अर्का सञ्चालक रोशन बस्नेतले जानकारी दिनुभयो ।

‘निकट भबिष्यमा हरेक चाड पर्वमा बिभिन्न सास्कृतीक कार्यक्रम गर्ने हाम्रो योजना छ, आन्तरीक र बाह्य पर्यटक लक्ष्ति सेवा सुविधा हामीले प्रदान गर्नेछौ’ अर्का सञ्चालक भिम लामाले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*