काग्रेस नेता गुप्ताले बाडे न्यानो कपडा

नेपाली कांग्रेसका महासमिति सदस्य तथा नगरका संस्थापक सभापति श्यामबाबु गुप्ताले जीतपुरसिमरा उपमहानगरपालिकाका बृद्ध तथा मुसहर बस्तीमा न्यानो कपडा बितरण गरेका छन् ।
गुप्ताले न्यानो अभियान अन्तर्गत शितलहरबाट जोगाउन शनिवार प्रभावितलाई न्यानो कपडा बितरण गरेका हुन् । नेता गुप्ताले उपमहानगरको लामीडाँडाका करिब ४० घरपरिवारलाई न्यानो अभियान अन्तर्गत टोपी, ज्याकेट, ओड्ने र बाराको पथलैयास्थित बृद्धआश्रममा रहेका वृद्धवृद्धालाई न्यानो सिरक बिरतण गरेका हुन् ।
गुप्ताले हरेक बर्ष तराईमा शितलहरसंगै न्यानो कपडा बितरणलाई अभियानको रुपमा संचालन गर्दै आएका छन् । अभियान अन्तर्गतको जीपुरसिमरा १८ स्थित बिरेन्द्रनगरको मुसहरबस्तीमा आयोजित एक कार्यर्क्रममा उपमहानगरपालिका १५ का काँग्रेस वडा सभापति ओमराज पाण्डे, बारा क्षेत्र नम्बर ३ का काँग्रेसका क्षेत्रिय सचिव लगायतका स्थानीय तथा जनप्रतिनिधि र काँग्रेस नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
यता बाराको पथलैयामा आयोजित कार्यक्रममा वडा नम्वर १ का सभापति रामबहादुर अधिकारी, काँग्रेस नेता प्रदीप धनन्जय लगायतको उपस्थिती रहेको थियो । दुवै कार्यक्रममा नेता गुप्ताले बिपन्न र असहायको अनुहारमा खुशी ल्याउन आफुले सक्ने योगदानलाई अभियानका रुपमा संचालन गरेका हुन् ।
उपमहानगरले लक्ष्यित वर्ग तथा असहाय वृद्धवृद्धाका निम्त्ति कुनैपनि राहतका कार्यक्रम ल्याउने नगरेको प्रति दुख ब्यत्तm गर्दै स्थानीय सरकारको भूमिका कमजोर भएकोले बलियो हुन आवश्यक रहेको जिकिर गरेका थिए । गुप्ताले न्यानो अभियान नगरका अन्य स्थानहरुमा आयोजना गर्ने समेत जानकारी दिएका छन् ।