जाडोमा यु आर गोल्डको ‘चिया क्याम्पेन’

ए वान डेस्क
८ माघ २०७८, शनिबार १७:५१

ए वान डेस्क /

बाराको सिमराबाट सञ्चालनमा आएको यु आर गोल्ड प्रिमियम मसला चियाले निशुल्क चिया वितरण गरेको छ । रौतहटको चपुरमा आज आयोजित निशुल्क चिया वितरण कार्यक्रममा सयौ सहभागि भए ।

बढ्दै गएको जाडोसंगै चियाको प्रचार प्रसार गर्ने उदेश्यका साथ चिया क्याम्पेनको आयोजना गरिएको सञ्चालक उमेश चौलागाईले जानकारी दिनुभयो । रौतहटको चपुरबाट शुरु गरिएको चिया क्याम्पेन देशका बिभिन्न स्थानमा गरिने उहाले बताउनुभयो । चपुर चोकमा आयोजित निशुल्क चिया वितरण कार्यक्रममा सयौ सहभागि भएका थिए ।

‘जाडोमा चिया खुवा खुवाउने काम पनि भयो, त्यो संगै नया चियापत्तिको प्रचार पनि भयो’ सञ्चालक चौलागाईले भन्नुभयो । मुनाफाको केहि रकम अनाथ बालबालिकाको शिक्षामा खर्च गर्ने योजनाका साथ यु आर गोल्ड प्रिमियम मसला चिया यतिबेला प्रचार प्रसारका लागी देश दौडामा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*