सुन्दरबस्तीमा ल्होछार बिशेष सास्कृतीक कार्यक्रमको आयोजना

ए वान डेस्क
२९ माघ २०७८, शनिबार १७:४८

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा ल्होछार बिशेष सास्कृतीक कार्यक्रमको आयोजना गरिएको छ । न्यु सुन्दरबस्ती युवा क्लबको आयोजनामा ल्होछार बिशेष सास्कृतीक कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमको पुर्व मन्त्री ज्वाला कुमारी शाहले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै विकास निर्माणको काममा आफु सधै प्रतिवद्ध रहेको बताउनुभयो । बिभिन्न समयमा आयोजना हुन यस्ता कार्यक्रमले सस्कृती संरक्षणमा ठुलो टेवा पुग्ने उहाले बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली काग्रेसका महासमिति सदस्य श्यामबाबु गुप्ताले ल्होछार पर्वको शुभकामना व्यक्त गर्नुभयो । वडा नम्बर १५ का वडा अध्यक्ष रामप्रसाद लामिछानेले सभ्य रुपमा पर्व मनाउन आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा एमाले बाराका उप सचिव श्रृजन बजगाई, एमाले नेतृ चयन गुरुङ, वडा सदस्य मनमाया घले, सुन्दरबस्ती गुम्बाका अध्यक्ष मंगलसिंह तामाङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम संयोजक अब्रम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रदिप गौतमले गर्नुभएको थियो । कार्यक्रममा हेमन्त तामाङले स्वागत मन्तब्य राख्नुभएको थियो । उद्घाटन कार्यक्रमपछि अहिले सास्कृतीक कार्यक्रम सञ्चालन भईरहेको छ । कार्यक्रममा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको प्रस्तुती रहेको क्लबका सल्लाहकार जेम्स घलेले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*