मिर्चैयामा खुल्यो ‘ए.बि मल सिरहा सुपर मार्केट’ को तेस्रो शाखा

ए वान डेस्क
२९ चैत्र २०७८, मंगलवार १९:१५

ए वान डेस्क /

सिरहाको मिर्चैयामा ए.बि मल सिरहा सुपर मार्केट प्रा.लिले शाखा बिस्तार गरेको छ । व्यापारिक केन्द्रको रुपमा विकास हुदै गएको मिर्चैयामा तेस्रो शाखाको रुपमा ए.बि मल सिरहा सुपर मार्केट प्रा.लिले शाखा बिस्तार गरेको हो ।

सुपर मार्केटको मधेश प्रदेशका प्रदेशसभा सदस्य जगत यादवले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य यादवले व्यापारिक केन्द्रको रुपमा विकास हुदै गएको मिर्चैयामा सुपर मार्केट खोलिनु खुशीको बिषय भएको बताउनुभयो । उहाले सेवाग्राहीलाई गुणस्तरीय सामान प्रदान गर्नसमेत आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादवले व्यवसायिक सफल्ताको शुभकामना दिनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य चण्डेशवर यादव, समाजसेवी संतोष यादव लगायतको उपस्थिति रहेको थियो । ए.बि मल सिरहा सुपर मार्केट प्रा.लिका प्रमुख कार्यकारी निर्देशक पिन्टु राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रदिप गौतमले गर्नुभएको थियो । कार्यक्रममा ए.बि मलका प्रक्युमेन्ट म्यानेजर महेश कार्कीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै ए.बि मल सिरहा सुपर मार्केट प्रा.लिका प्रमुख कार्यकारी निर्देशक पिन्टु राउतले सुपर मार्केटलाई मधेश प्रदेशका अन्य जिल्लामा पनि बिस्तार गरिने बताउनुभयो । सबैको साथ र सहयोगले सुपर मार्केट व्यवस्थित रुपमा सञ्चालन हुदै आएको भन्दै उहाले आगामी दिनमा हौषला प्रदान गर्न आग्रह गर्नुभयो ।

सिरहा सुपर मार्केट प्रा.लिले २०७६ असोज ४ गते सिरहाको गोलबजारमा पहिलो शाखा बिस्तार गरेको थियो । प्रा.लिले लगत्तै मधेश प्रदेशको राजधानी जनकपुरमा २०७७ चैत्र २६ गते दोस्रो शाखा बिस्तार गर्न सफल भयो । तेस्रो शाखाको रुपमा बिस्तार भएको मिर्चैया शाखामा सबै प्रकाशका सामाग्री पाईने ए.बि मलका सिईओ पिन्टु राउतले बताउनुभयो ।

नुनदेखि सुनसम्म एकै ठाउमा सबै सामाग्री पाईने ए.बि मल सिरहा सुपर मार्केट मधेश प्रदेशकै पहिलो र एकमात्र व्यवस्थित मार्केट हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*