जीतपुरसिमरा : २२ मा एमालेबाट वडाध्यक्षमा लामाको नाम सर्वसम्मत सिफारिस

ए वान डेस्क
३ बैशाख २०७९, शनिबार ०६:१९

ए वान डेस्क /

नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २२ ले निर्वाचनका लागि पाँच जना उम्मेदवारको नामावली सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ । कमिटीको शुक्रवार बसेको बैठकले वडाध्यक्ष पदमा दीपेन्द्र लामासहित अन्य चार सदस्यको नाम सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

वडाध्यक्षका लागि सर्वसम्मत् निर्णय गरिएका लामा एमालेको वडा कमिटी अध्यक्ष समेत हुन् । वडा कमिटीले सिफारिस गर्ने निर्णय गरेको अन्य पदमा खुल्लातर्फ हरिबहादुर स्याङबो, अनिल कुमार वाईवा, महिला सदस्य सविता दुलाल र दलित महिला सदस्यमा मिना सुनार रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*