बारामा टेम्पोको ठक्करबाट महिलाको मृत्यु

ए वान डेस्क
७ बैशाख २०७९, बुधबार १०:४४

बारामा टेम्पोको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १८ मनगढवामा टेम्पोको ठक्करबाट ५० वर्षीया कौशिला देवीको मृत्यु भएको हो ।

टेम्पोको ठक्करबाट गम्भीर भाइते भएकी उनको उपचारका क्रममा वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सडक पार गर्दै गर्दा उनलाई ना१ह ६०८२ नम्बरको टेम्पोले ठक्कर दिएको थियो ।

ठक्कर दिने टेम्पोसहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाराले आफ्नो नियन्त्रणमा लिएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*