जीतपुरसिमरा : मेयरमा माओवादी केन्द्रका पौडेलको अग्रता

जीतपुरसिमरा उपमहानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजन पौडेलले अग्रता लिएका छन् ।
वडा नम्बर २४ को १ हजार २१० मत गणना हुँदा पौडेलले ५४३ मत ल्याएका छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।
उपमेयरमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी मेघा साहीले अग्रता लिएकी छन् । उनले ५४३ मत ल्याएका छन् ।
दोस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख संजयकुमार साह र उपप्रमुखका उम्मेदवार वीपी मोक्तानले समान ४०० मत ल्याएका छन् ।
नेकपा एमालेका उम्मेदवार तेस्रो स्थानमा छन् । एमालेको तर्फबाट प्रमुख पदको उम्मेदवार सरस्वती चौधरी र उपप्रमुखका उम्मेदवार भोला अधिकारी समान २६७ मत ल्याएका छन् ।
वडा नम्बर २४ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सुल्तान अन्सारीले ५४३ मत ल्याएर अग्रता लिएका छन् ।
लोसपाका वडाध्यक्षका उम्मेदवार कलान अन्सारीले ४ सय र नेकपा एमालेका उम्मेदवार सेराजुन अन्सारी २७६ मत ल्याएका छन् ।
पहिलो चरणमा एकछापे मत मात्रै गणना गरेको सहायक निर्वाचन अधिकृत बलराम खड्काले जानकारी दिएका छन् । वडा नम्बर २४ मा १८ सय १६ मत खसेको थियो ।