जीतपुरसिमरा ८ : वडा अध्यक्षमा एमालेका महत्तो निर्वाचित

ए वान डेस्क
३ जेष्ठ २०७९, मंगलवार ०९:३६

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ मा नेकपा एमालेका शिव शंकर महत्तो निर्वाचित हुनुभएको छ । केहिबेर अघि सार्वजनिक भएको मतपरिणाम अनुसार वडा नम्बर ८ को वडा अध्यक्षमा ८४० मत ल्याएर महत्तो निर्वाचित हुनुभएको हो ।

महत्तोले ८४० मत ल्याउदा लोसपाका रामबाबु राउत कुर्मीले ६५३ मत ल्याउनुभएको थियो । यसैगरी नेपाली काग्रेसका बद्रि सहनीले ४५५ मत ल्याउदा जनता समाजवादी पार्टी जसपाका गणेश जैसवालले १६ मत ल्याउनुभयो ।

मेयरमा वडा ८ बाट कसलाई कति मत ?

नेकपा एमाले सरस्वती देवी चौधरी : ८०४
साझा गठबन्धन राजन पौडेल : ३४८
लोसपा सञ्जय साह : ६३७
राप्रपा : ३

उप–प्रमुख
नेकपा एमाले भोला अधिकारी : ८४१
साझा गठबन्धन मेघा शाही : ४५४
लोसपा बिपि मोक्तान : ६३८
राप्रपा सुस्मा मिश्र : १०

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*