कक्षा-१२ को परीक्षा आजदेखि

ए वान डेस्क
१६ जेष्ठ २०७९, सोमबार ०६:०४

कक्षा-१२ को परीक्षा आजदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले देशभर एकैसाथ परीक्षा सुरु हुने जनाएको छ ।

बिहान ८ बजेदेखि परीक्षा सुरु हुनेछ । बोर्डका अनुसार यो वर्ष करिब चार लाख १५ परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।

योपटक पनि परीक्षा सुरु हुनुभन्दा आधा घण्टाअघि अनलाइनबाट प्रश्नपत्र सम्बन्धित परीक्षा केन्द्रमा पठाइने बोर्डले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*