राकेश पौडेल मृत्यु प्रकरण : ‘सिआईबि’ ले थाल्यो अनुसन्धान

ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ मा भएको राकेश पौडेल मृत्यु प्रकरणको केन्द्रिय अनुसन्धान ब्युरो सिआईबिले अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पौडेल मृत्यु प्रकरणको केन्द्रिय अनुसन्धान ब्युरो सिआईबिले शुक्रबारदेखि अनुसन्धान थालेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेश थापाले घटनाको अनुसन्धानलाई तिब्रता दिनको लागी सिआईबि बोलाईएको जानकारी दिनुभयो । ए वान समाचारसंगको कुराकानीमा प्रहरी नायव उपरीक्षक थापाले अनुसन्धानको क्रममा १३ जनालाई नियन्त्रणमा लिईएको बताउनुभयो ।
थापाका अनुसार १३ जनाको बिषयमा आवश्यक अनुसन्धान भईरहेको छ । वडा नम्बर ६ निवासी पौडेल बैशाख ३० गते बिहान ३ बजे छिमेकीको घरमा मृत अवस्था फेला परेका थिए ।