आर्थिक अभावका कारण सिमराकी कुमारी साक्यको उपचारमा समस्या

ए वान डेस्क
२५ जेष्ठ २०७९, बुधबार १५:४५

ए वान डेस्क /

आर्थिक अभावका कारण जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ निवासी कुमारी साक्यको उपचारमा समस्या भएको छ । पाठेघरको क्यान्सर भएर भरतपुरमा उपचार गराईरहनुभएकी साक्यको आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो ।

साक्यको अहिले भरतपुरको बिपि कोईराला ममोरियल क्यान्सर अस्पताल उपचार भईरहेको छ । आर्थिक अभावका कारण साक्यको उपचार हुन नसकेपछि सिमराका युवाहरुले आर्थिक सहयोग संकलन शुरु गरेका छन् ।

युथ अफ सिमराका युवाहरुले साक्यको उपचारमा सहयोग पुगोस् भन्ने उदेश्यले कुमारी साक्य बचाउ अभियान शुरु गरेका छन् । अभियानमा सहभागी भई सहयोग गर्न चाहनेले शेख जुमनको सिदार्थ बैंकको खाता नम्बर ००२२०८२७३८० मा सहयोग गर्न सक्नुहुनेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*