उद्योग उपाध्यक्षमा सफल व्यवसायी संतोष जी को उम्मेदवारी किन ?

ए वान डेस्क
९ असार २०७९, बिहीबार ०९:५०

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नया कार्यसमिति चयनका लागी यही असार ११ गते निर्वाचन हुदैछ । ३ वर्षे कार्यकालकालागि शनिवार संघको कार्यालयमा निर्वाचन हुन लागेको हो ।

उद्योग उपाध्यक्षमा सफल व्यवसायी संतोष जी को उम्मेदवारी किन ?

जीतपुरसिमराका साह सफल व्यवसायीको पहिचानमा हुनुहुन्छ । उहालाई धेरैले विजय कुमार साह भन्दापनि संतोष जी नामले चिन्दछन् । लामो समयको व्यवसायिक अनुभवले व्यवसायिसंगको सामिप्यता मात्रै कसेको छैन व्यवसायिहरुको नेता बन्ने उचाईमा पग्नुभएको छ उहा । असार ११ हुने जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा उहा भिड्दै हुनुहुन्छ । व्यवसायीको हकहित र समस्याका बिषयमा बोल्दै आउनुभएका साह अब समग्र व्यवसायिहरुको नेतृत्व तहमा पुग्ने योजना हुनुहुन्छ । उहँको अबको मिशन व्यवसायिक हितका लागि व्यवसायिहरुको मजवुत एकता हो ।

जीतपुरसिमरामा अभावको कारण देखाउँदै हुने कालोबजारी नियन्त्रण उहँको अर्को महत्वपूर्ण मिशन छ । यसैगरि अखाद्य सामाग्री विक्री वितरणमा पूर्ण रुपमा रोक लगाउने उहाले योजना बनाउनुभएको छ । व्यवसायीहरुको साथ र सहयोगले निर्वाचनमा विजयी हुने साहको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*