नगर उद्योग वाणिज्य संघको निर्वाचन : को हुन वाणिज्य सचिवकी उम्मेदवार गिता कुमारी शर्मा ?
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नया कार्यसमिति चयनका लागी यही असार ११ गते निर्वाचन हुदैछ । ३ वर्षे कार्यकालकालागि शनिवार संघको कार्यालयमा निर्वाचन हुन लागेको हो ।
जीतपुरसिमराका सफल महिलाहरुमा एक नाम हो गिता कुमारी शर्मा । हसिली र मिजासिली गिता जीतपुरसिमराकै एक सफल र उत्कृष्ट महिलाको रुपमा परिचित छिन् । सहकारीकर्मीबाट आफ्नो छवी बनाएकी गिता पछिल्लो समय व्यवसायीको रुपमा परिचित छिन् ।
त्यसो त उनको पहिचान धेरै छन्ः सहकारीकर्मी, व्यवसायी, महिला समाजसेवी, शिक्षाप्रेमी समग्रमा भन्ने हो भने सामाजिक व्यक्ती । तर गिता आफूलाई व्यवसायीको रुपमा चिनाउन चाहन्छीन् । उनको मन परेको क्षेत्र भनेकै व्यवसायी हो ।
किन व्यवसायी नै रोज्नुहुन्छ भनेर सोध्दा उनी भन्छीन्र– ‘म व्यवसायी भएर व्यवसायीहरुकै माझमा रहन चाहन्छु । किनकी व्यवसायीहरुको माझमा व्यवसायीहरुसग काम गर्दा उहँहरुको समस्या समाधानमा लाग्न पाउदा खुसी लाग्छ ।’ उहँले व्यवसायीहरुले भोग्दै आएको समस्या समाधानकालागी आफू सधै तत्पर रहने बताउनुहुन्छ ।
बिभिन्न संघ संस्थामा रहेर सामाजिक कार्यमा सक्रिय शर्मा सिमरा कलेजको सदस्य पनि हुनुहुन्छ । असार ११ गते हुने जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा शर्मा वाणिज्यतर्फ सचिव पदको उमेद्वार बन्नुभएको छ ।
ओम प्रकाश गुप्ता प्यानलबाट सचिव पदको उमेद्वार बन्नुभएका शर्मालाई सचिव पदमा तपाईको उमेद्वारी किन भनेर सोध्दा उहँ भन्नुहुन्छ– ‘व्यवसायीहरुको हकहितकालागि त छदैछ यसका साथै संगठनलाई चुस्तदुरुस्त बनाउन मेरो भूमिका हुनेछ ।’ शर्माले सबै व्यवसायीहरुको साथ र सहयोगले आफू यहासम्म आएको भन्दै यसपटकको निर्वाचनमा पनि विजयी हुने विश्वास व्यक्त गर्नुहुन्छ । उहँले सचिव पदमा मतदान गरेर आफूलाई विजयी बनाउन अनुरोध गर्नुभयो ।
आफ्नो विजयी नै समग्र व्यवसायीहरुको विजयी हुने बताउनुभयो ।















