आशा कुमारी दाहाल : ब्युटिसियन व्यवसायदेखि वाणिज्य सदस्य उम्मेदवारसम्म
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नया कार्यसमिति चयनका लागी यही असार ११ गते निर्वाचन हुदैछ । ३ वर्षे कार्यकालकालागि शनिवार संघको कार्यालयमा निर्वाचन हुन लागेको हो ।
जीतपुरसिमरामा आशा कुमारी दाहाल परिचित अनुहार हो । सफल महिला समाजसेवी र व्यवसायीको परिचय र पहिचान स्थापित गराउन सफल दाहाल महिलाको समस्याका बिषयमा आवाज उठाउने मध्यकी एक हुनुहुन्छ ।
२०५५ सालदेखि ब्युटिसियन व्यवसायबाट व्यवसायीक यात्रा शुरु गर्नुभएकी दाहालको सहेली ब्युटिपार्लर निकै चर्चित थियो । २०६९ सालदेखि नारी शक्ति बिकास मञ्चकी अध्यक्ष समेत रहनुभएकी दाहाल ब्युटिसियन संघ बाराको उपाध्यक्ष पनि हुनुभयो ।
उहा उद्योग वाणिज्य संघमा २ कार्यकाल सदस्य पनि हुनुभएको थियो । अहिले उहा आकर्षण ब्युटीपार्लर एण्ड टे«निङ सेन्टरको सञ्चालिका हुनुहुन्छ ।
हामीसंग कुरागर्दै उहाले महिलाहरुको प्रतिनिधित्व गर्दै उद्योग वाणिज्य संघमा पुनः सदस्य पदमा उम्मेदवारी दर्ता गराएको भन्दै आफु जित्नेमा ढुक्क भएको बताउनुभयो ।















