यसकारण वाणिज्य सदस्यमा गंगाधर ढकालले दिए उम्मेदवारी
गंगाधर ढकाल जीतपुरसिमरामा पुराना व्यवसायीका रुपमा परिचित हुनुुहुन्छ । वडा नम्बर ४ मा ऐलिसा ईन्टरप्राईजेज सञ्चालन गर्दै आउनुभएका ढकाल बिगत १० बर्षदेखि व्यवसायमा आबद्ध हुनुहुन्छ ।
उज्यालो समाज बाराको उपाध्यक्ष समेत रहनुभएका ढकाल बिभिन्न संघ संस्थामा समेत आबद्ध हुनुहुन्छ । २०६९ सालदेखि व्यवसायीक क्षत्रमा लागेको बताउने ढकालले पछिल्लो समय व्यवसायीका नाममा गैरव्यवसायीहरुको विकृति देखिएको र त्यो समाधानकालागी उद्योग वाणिज्य संघमा जान चाहेको बताउनुहुन्छ ।
उद्योग बाणिज्य संघ विशुद्ध उद्योगी व्यवसायीहरुको छाता संगठन भएकाले त्यही अनुसार संघलाई अघि बढाउनुपर्ने ढकालको भनाई छ । ढकालले भन्नुभयो– ‘पसल दर्ता गरेकै भरमा व्यवसायी हु भनेर नेतृत्वमा जान खोज्ने प्रचल अन्त्य हुनुपर्छ ।’
‘उद्योग बाणिज्य संघको काम व्यवसायीहरुको हकहितसंगै जीतपुरसिमराको आर्थिक विकासमा ध्यान दिनुपर्ने हो । त्यसका लागि व्यवसायीहरुमा व्यापारिक अनुभवसँगै व्यवसायीहरुलाई पर्ने समस्या बुझ्न सक्ने नेतृत्वको अहिले आवश्यकता छ ।
त्यसैले संघको सदस्यमा उमेद्धवारी दिएको छु ।’ उहँले भन्नुभयो ।















