वाणिज्य सदस्यमा उम्मेदवारी दिने तसौवर हुसैन को हुन ?
तसौवर हुसैन असार ११ गते हुने निर्वाचनमा सदस्य पदका उमेद्वार बन्नुभएको छ । सदस्य पदको उमेद्वार बन्नुभएका हुसैन लामो समयदेखी व्यवसायीक क्षेत्रमा रहनुभएको छ ।
विभिन्न संघसंस्थामा रहेर लामो समयदेखी काम गरिसक्नुभएका हुसैन यस निर्वाचनमा आफुले सबै व्यवसायीको प्रतिनिधित्व गरेको बताउनुभयो । एक दशकभन्दा लामो समयदेखि व्यवसायीक क्षेत्रमा आबद्ध हुसैन अमन कलेक्सनको सञ्चालक हुनुहुन्छ । रेडिमेट पसल सञ्चालन गर्दै आउनुभएका उहाल रेडिमेट संघ जीतपुरको सचिव पनि हुनुहुन्छ ।
कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड जीतपुरमा रहेर लामो समय सामाजिक क्षेत्रमा सक्रिय हुसैन यसअघि शिक्षण पेशामा समेत आबद्ध हुनुहुन्थ्यो । व्यवासायिक हक हित र समग्र विकासका लागि आफनो उमेद्धारी रहेको बताउने हुसैन व्यवसायी मतदाताले मतदान गरेर विजयी बनाएमा व्यवसायीको पक्षमा काम गर्ने अवसर मिल्ने पुर्ण विश्वास रहेको बताउनुभयो ।
व्यवसायीहरुको अमुल्य मतले आफू विजयी हुने उहँले विश्वास व्यक्त गर्नुभयो ।















