वाणिज्य सदस्यकी उम्मेदवार रिता कडेल : यु आर ब्राण्डदेखि सफल महिला उद्यमीसम्म

ए वान डेस्क
९ असार २०७९, बिहीबार १९:२२

व्यवसायीहरुको साझा संस्था उद्योग बाणिज्य संघको निर्वाचनको मिति नजिकिदै गर्दा संघको नयँ नेतृत्वका लागि विभिन्न व्यवसायीहरुले आफ्नो प्रचारप्रचारलाई तिव्र पारेका छन् ।

तीनै व्यवसायी मध्येकी एक हुनः जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ निवासी रिता कडेल । यु आर अटोमेटिक लण्ड्रीबाट व्यवसायीक यात्रा थाल्नुभएकी कडेल अहिले सर्वत्र रुपमा चर्चित यु आर गोल्ड प्रिमियम मसला चियाकी सञ्चालिका समेत हुनुहुन्छ । शिक्षामा मास्टर डिग्रि हासिल गर्नुभएकी कडेल अहलिे कानुन पढ्दै हुनुहुन्छ ।

सिमरा भेट्रान्सकी कोषाध्यक्ष भई सामाजिक क्षेत्र एवं राजनितिक क्षेत्रमा सक्रिय कडेल सफल महिला उद्यमीको रुपमा आफुलाई स्थापित गराउन सफल हुनुभएको छ । बारा महिला उद्यमी संघको कोषाध्यक्ष समेत रहनुभएकी कडेल ग्रासरुट फाउण्डेशनको उपाध्यक्ष पनि हुनुहुन्छ । मञ्जुश्री महिला असाय संस्थाको सदस्य समेत रहनुभएकी कडेल बिभिन्न संघ संस्थामा आबद्ध हुनुहुन्छ ।

बर्षौदेखि व्यवसायीक क्षेत्रमा संलग्न कडेल उद्योग बाणिज्य संघलाई व्यवसायीक हकहित, दक्षता, अभिवृद्धि, स्वच्छ तथा व्यवहारिक प्रणालीको स्थापितसगै उद्योग व्यवसायीहरुका विचमा सुमधुर सम्वन्ध कायमसगै स्वच्छ प्रतिस्पर्धाका लागि आफुले उद्योग वाणिज्य संघको सदस्यमा उमेद्धवारी दिएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*