जीतपुरसिमराको स्थगित नगरसभा आज हुदै

ए वान डेस्क
१३ असार २०७९, सोमबार १२:१५

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकाको स्थगित नगरसभा आज हुदैछ । वडा नम्बर ५ स्थित बकुलिया कलेजमा आजको लागी नगरसभा राखिएको उपमहानगरपालिकाले जनाएको छ ।

यसअघि असार १० गते नगरसभा राखिएपनि नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको होहल्लाका कारण स्थगित भएको थियो । प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलले आज दिउसो २ बजेदेखि नगरसभा शुरु हुने बताउनुभयो ।

‘हामीले पत्राचार र म्यासेजमार्फत नगरसभामा उपस्थितिका लागी जानकारी गराएका थियौ, आज दिउसो २ बजेदेखि नगरसभा शुरु गर्ने हाम्रो तयारी छ’ उहाले भन्नुभयो । नगरसभाको आज पनि उपमहानगरपालिकाले प्रत्यक्ष प्रशारण गर्ने तयारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*