जीतपुरसिमराको विकासबारे अर्थमन्त्री शर्मा र नगर प्रमुख पौडेलबिच छलफल

ए वान डेस्क
१६ असार २०७९, बिहीबार १६:०७

ए वान डेस्क /

संघिय सरकारका अर्थमन्त्री जर्नादन शर्माले जीतपुरसिमरा उपमहानगरपालिकाको विकासका निम्ति आवश्यक बजेट बिनियोजन गरिने बताउनुभएको छ । नगर प्रमुख राजन पौडेलसंगको भेटमा अर्थमन्त्री शर्माले आवश्यक बजेट बिनियोजन गरिने बताउनुभयो ।

कृषिसंगै पुर्वाधार निर्माणको निम्ति संघिय सरकारसंग समन्वय गर्न काठमाण्डौ पुगेका पौडेललाई अर्थमन्त्री शर्माले भन्नुभयो ‘जीतपुरसिमराको विकास गर्न हामी प्रतिवद्ध छौ, जसको लागी आवश्यक्ताको आधारमा हामी बजेट बिनियोजन गर्छौ’ । सहरी विकास मन्त्रालयबाट प्राप्त बजेट कार्यान्वयन गर्न निर्देशन गर्दे मन्त्री शर्माले बजेट व्यवस्थापन गरेर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको नगर प्रमुख पौडेलका निजि सचिव रोशन मिश्रले जानकारी दिनुभयो ।

मन्त्री शर्माले जीतपुरसिमरा कृषि क्षेत्रको राम्रो सम्भावना भएको पालिका भएको भन्दै कृषिको निम्ति पनि बजेट बिनियोजन गर्नेतर्फ आफु अग्रसर हुने बताउनुभयो । भेटमा नगर प्रमुख पौडेलले जीतपुरसिमराको कृषि र पुर्वाधार क्षेत्रको विकास निम्ति बजेट बिनियोजन गर्न आग्रह गर्नुभएको थियो ।

कृषि क्षेत्रमा बजेट बृद्धि गरी आवश्यक पुर्वाधार निर्माणको निम्ति विशेष भुमिका खेल्न नगर प्रमुख पौडेलले आग्रह गर्नुभएको थियो । ‘नगर प्रमुख ज्युले कृषको लागी के के गर्न सकिन्छ, पुर्वाधार विकासमा के के गर्न सकिन्छ भन्ने बिषयमा अर्थमन्त्रीसंग छलफल गर्नुभएको हो’ नगर प्रमुखका निजि सचिव मिश्रले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*