जीतपुरसिमराका राजिवको उपचारमा समस्या, सहयोग गर्न परिवारको आग्रह

ए वान डेस्क
२८ असार २०७९, मंगलवार १७:१४

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ निवासी राजिव कुमार सापकोटाको उपचारमा सहयोग गरिदिन परिवारका सदस्यहरुले आग्रह गरेका छन् । सापकोटाको बैशाख ३१ गते पौडी खेल्ने क्रममा लडेर मेरुदण्ड भाचिएको थियो ।

अहिले उनको काठमाण्डौको सुस्मा कोईराला मेमोरियल हस्पिटलमा भईरहेको बुबा बेद प्रसाद सापकोटाले जानकारी दिनुभयो । १६ बर्षिय सापकोटाको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ ।

भरतपुर अस्पतालमा उपचार हुन नसकेपछि सापकोटालाई काठमाण्डौ लगिएको थियो । बुबा बेद प्रसाद सापकोटाले आफुहरुको पारिवारिक स्थिति कमजोर रहेका कारण छोराको उपचार गर्न पनि समस्या भईरहेको बताउनुभयो ।

वेद.प्र.सापकोटा : ९८२३३०६९९७ (विरामीको बुवा )

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*