जीतपुरसिमराको पहलमा मन्त्रालयले सिमरा प्रहरीलाई दियो एक थान सवारी साधन

ए वान डेस्क
३१ असार २०७९, शुक्रबार १७:०५

ए वान डेस्क /

मधेश प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले ईलाका प्रहरी कार्यालय सिमरालाई एक थान सवारी साधन प्रदान गरेको छ । जनकपुरमा आयोजित एक कार्यक्रमकाबिच मन्त्रालयले ईलाका प्रहरी कार्यालय सिमरालाई एक थान चार पाङ्ग्रे गाडी प्रदान गरेको हो ।

सुरक्षा निकायहरुलाई विपद् उद्धार सामग्री बैण्ड बाजा तथा सवारी साधन हस्तान्तरण कार्यक्रममा गृह तथा सञ्चार मन्त्री भरत साहले आज जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेललाई सवारी साधन हस्तान्तरण गर्नुभएको थियो । जीतपुरसिमरा उपमहानगरपालिकाको पहलमा मन्त्रालयले सिमरा प्रहरीलाई सवारी साधन प्रदान गरेको हो ।

सुरक्षा संवेदनशिल्तालाई मध्यनजर गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाले केहि समयअघि गृहमन्त्रालयसंग सवारी साधन माग गरेको थियो । सोही माग बमोजिम उपमहानगरपालिकासंगको समन्वयमा सिमरा प्रहरीलाई सवारी साधन प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा बोल्दै मन्त्री साहले मधेश प्रदेशको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन कुनै कसर बाकी नराख्ने बताउनुभयो । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले जीतपुरसिमराको सुरक्षा व्यवस्था सुदृढ बनाउन मन्त्रालयले बिशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन मन्त्रालयले सिसिटिभि क्यामेरा जडान गर्ने कार्यलाई पनि प्राथमिक्ता दिनुपर्ने बताउनुभयो । सो अवसरमा नगर प्रमुख पौडेलले मन्त्री साहलाई आवश्यक सिसटिभि क्यामेरा जडानको निम्ति पनि आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा बिभिन्न सुरक्षा निकाय र राजनितिक दलका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*