शुक्रबार र शनिवार बिद्युत्त अनियमित हुन सक्छ : सिमरा बिद्युत्त प्राधिकरण
ए वान डेस्क /
नेपाल बिद्युत्त प्राधिकरण सिमरा वितरण केन्द्रले शुक्रबार र शनिवार बिद्युत्त अनियमित हुन सक्ने जनाएको छ । आज एक सार्वजनिक सुचना जारी गर्दै बिद्युत्त प्राधिकरण सिमरा वितरण केन्द्रले बिद्युत्त अनियमित हुन सक्ने जनाएको हो ।
विद्युत अनियमित हुन सक्ने बारे प्राधिकरणद्धारा जारी सार्वजनिक सूचनामा भनिएको छ ‘यही श्रावण ६ गते शुक्रबार र ७ गते शनिबार सिमरा सवस्टेशनमा जडित पुरानो जिर्ण ११ के.भी. Circuit Breaker बदली गरि नयाँ जडान गरिने भएकोले उपरोक्त समयमा सकभर लाइन नकाटिने गरि सटडाउन लिइ कार्य गरिने भए ता पनि १–२ घण्टा विद्युत अनियमित हुन सक्ने देखिन्छ’ ।
नया ११ के.भी. प्यानल जडान गरेपछि बिद्युत्त अनियमित नहुने भन्दै सुचनामा भनिएको छ ‘नेपाल विद्युत प्राधिकरणले नयाँ ११ के.भी. प्यानल जडान गरेपश्चात ग्राहकहरूलाइ उज्यालो र यो गर्मीमा शितलता दिन विद्युतको शुनिस्चितता अझ बढ्नेछ ’ ।















