बर्दिवासमा जोखिम सञ्चार र स्वास्थ्य रिर्पोटिङ्ग सम्बन्धी २ दिने तालिम शुरु

ए वान डेस्क
५ श्रावण २०७९, बिहीबार १८:५२

ए वान डेस्क /

महोत्तरीको बर्दिवासमा जोखिम सञ्चार र स्वास्थ्य रिर्पोटिङ्ग सम्बन्धी २ दिने तालिम शुरु भएको छ । तालिमको आज एक कार्यक्रमकाबिच प्रेश काउन्सिल मधेश प्रदेशका अध्यक्ष शिवहरी भट्राईले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै भट्राईले तालिममा सिकेका कुरा व्यहारमा लागु गर्न आग्रह गर्नुभयो । सञ्चार क्षेत्रको जोखिम र स्वास्थ्यका बिषयमा सबैले प्रशिक्षण लिनुपर्ने उहाले बताउनुभयो । बर्दिवासस्थित होटल बिनायकमा आजदेखि शुरु भएको तालिम भोलिसम्म चल्नेछ । तालिममा मधेश प्रदेशका ८ जिल्लाका करिव ३० जना सञ्चारकर्मीको सहभागिता रहेको छ ।

तालिममा सहभागीहरुलाई बरिष्ठ सञ्चारकर्मी मोहन मैनालीले प्रशिक्षण दिईरहनुभएको छ । युनिसेफ, सुहाआरा, नेपाल पत्रकार महासंघ लगायत बिभिन्न संघसंस्थाको संयुक्त आयोजनामा तालिम शुरु भएको हो । तालिमको उद्घाटन कार्यक्रम नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्णको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रमको सञ्चालन सुहाआराकी रिस्क कम्युनिकेसन कोडिनेटर संर्घष पन्तले गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ महोत्तरीकी निमित्त अध्यक्ष सुनिता बरालले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*