जसपा छाडेका केन्द्रीय सदस्यद्वय यादव र शाक्य माओवादीमा प्रवेश

ए वान डेस्क
६ श्रावण २०७९, शुक्रबार १९:२७

जनता समाजवादी पार्टीका दुई जना केन्द्रीय सदस्यहरु पार्टी परित्याग गर्दै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

शुक्रबार पेरिसडाँडामा आयोजित कार्यक्रमना उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् ।

जसपा परित्याग गरी माओवादीमा प्रवेश गर्नेमा पर्सा निवासी केन्द्रीय सदस्य टेकबहादुर शाक्य र वीरेन्द्रप्रसाद यादवलगायत छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टीको बीरगन्जमा सम्पन्न केन्द्रीय समितिको बैठकअनुसार डाक्टर बाबुराम भटराईलाई पार्टीबाट निष्कासन गरेको केही दिनपछि केन्द्रीय सदस्यद्वय शाक्य र यादवले बीरगन्जमा पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गरेका थिए। उनीहरुसहित ६९ जनाले जसपा छाडेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*