जीतपुरसिमरा : फोहोर व्यवस्थापनको दिर्घकालिन समाधानबारे सिमरामा छलफल
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकाको जटिल समस्याको रुपमा यतिबेला फोहोर व्यवस्थापन छ । फोहोर व्यवस्थापन नभएकै कारण
उपमहानगरपालिका पटक पटक आलोचित पनि हुनुपरेको छ ।
जटिल समस्याको रुपमा फोहोरको दिर्घकालिन समाधान खोज्न उपमहानगरपालिकाकाले पनि बिभिन्न प्रयास गरेको देखिन्छ । तर दिर्घकालिन समाधानबारे भएका प्रयास भने सफल भएको छैन ।
यसैबिच, फोहोरको समस्या समाधान गर्ने बिषयमा सिमरामा आज छलफल भएको छ । फोहोर व्यवस्थापनमा कार्य गर्दै आउनुभएका हेटौडा उपमहानगरपालिका वडा नम्बर ८ कमाने निवासी कृष्ण खतिवडाको उपस्थितिमा सिमरामा आज छलफल भएको हो । प्रतिनिधिसभा सदस्य किशान श्रेष्ठको बिशेष उपस्थितिमा भएको छलफलमा फोहोर व्यवस्थापन बारे छलफल भएको थियो ।
छलफलमा के के भयो ?
छलफलमा प्रतिनिधिसभा सदस्य श्रेष्ठले फोहोर व्यवस्थापन गर्न उपमहानगरपालिकाले बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाले फोहोर व्यवस्थापन नभएकै कारण उपमहानगरपालिका आलोचित बन्नुपरेको बताउदै उच्चतम प्रविधिको प्रयोग गरेर फोहोर व्यवस्थापन गर्न सुझाव दिनुभयो ।
छलफलमा नगर प्रमुख राजन पौडेलले फोहोर व्यवस्थापनको दिर्घकालिन उपाय खोज्ने कार्य भईरहेको भन्दै फोहोर प्रसोषधन मेसिनको प्रयोग गरेर दिर्घकालिन समाधान गर्न सकिने बताउनुभयो । हेटौडामा उत्पदान भएको फोहोर प्रषोधन मेसिनले सबै समस्या समाधान गर्ने भन्द उहाले आवश्यक छलफल गरेर अघि बढ्ने बताउनुभयो ।
उप–प्रमुख भोला प्रसाद अधिकारीले फोहोर प्रषोधन मेसिन प्रयोग गरेर दिर्घकालिन समाधान खोजिने बताउनुभयो । सो अवसरमा हेटौडाका खतिवडाले आफुले उत्पादन गरेको फोहोर प्रषोधन मेसिनको बिषयमा जानकारी गराउनुभएको थियो । आफुले उत्पादन गरेको मेसिन बिश्वका धेरै सहरमा पुगेको भन्दै उहाले स्थानीय तहको लागी उपयुक्त भएको बताउनुभयो ।
छलफलमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेल, वातावरण शाखाका ईन्जिनियर, वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

कस्तो छ हेटौडामा उत्पादनमा भएको मेसिन ?
हेटौडा उपमहानगरपालिका वडा नम्बर ८ कमाने का कृष्ण खतिवडाले फोहोर प्रषोधन गर्ने मेसिन तयार गर्नुभएको छ । आफैले तयार गर्नुभएको सो मेसिन जापान, ईन्डोनेसिया जस्ता देशमा बिक्रि भईसकेको उहाले बताउनुभयो । सो मेसिनले बिद्युत्त उत्पादनदेखि फोहोर व्यवस्थापनसम्मको काम गर्ने उहाले बताउनुभयो ।
खतिवडाले उत्पादन गर्नुभएको फोहोर प्रषोधन मेसिन जापानको चेन्नाई सहरस्थित यामोता ईन्टरनेसनल कम्पनीले खरिद गर्दै आईरहेको छ । जापानको कम्पनीले खरिद गरेर यो मेसिन अहिले बिश्व बजारमा बिक्रि गर्ने गरेको छ । तर नेपालमा भने अहिलेसम्म यो मेसिन प्रयोगमा आउन सकेको छैन् ।















