जीतपुरसिमराको फोहोरबारे हामी गंभिर छौ, छिट्टै समस्या समाधान गर्छौ : प्रवक्ता खत्री
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकाका प्रवक्ता भोजबहादुर खत्री ‘ईश्वर’ ले फोहोरको दिर्घकालिन समाधान गर्ने गरी उपमहानगरपालिकाले काम गरिरहेको बताउनुभएको छ । जटिल समस्याको रुपमा रहेको फोहोर व्यवस्थापन बारे ए वान समाचारसंगको कुराकानीमा उहाले फोहोरका बिषयमा आफुहरु गंभिर रहेको भन्दै छिट्टै समाधान गर्ने बताउनुभयो ।
‘फोहोर जीतपुरसिमराको जटिल समस्याको रुपमा रहेको छ, यसको व्यवस्थापन गर्नेतर्फ हामी गंभिर रुपमा लागेका छौ’ उहाले भन्नुभयो । दिर्घकालिन योजना अनुरुप नै फोहोर व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाईएको भन्दै उहाले जीतपुरसिमरालाई सफा र सुन्दर सहर बनाउन आफुहरु लागिरहेको बताउनुभयो ।
प्रषोधन मेसिनमार्फत फोहोर व्यवस्थापन गर्ने कार्यलाई अघि बढाउने तयारी भईरहेको भन्दै उहाले बिज्ञहरुसंग छलफल भईरहेको बताउनुभयो । ‘हामी दिर्घकालिन योजना बनाईरहेका छौ, त्यसको लागी हामीले बिभिन्न बिज्ञसंगको छलफल पनि अघि बढाईरहेका छौ’ उहाले भन्नुभयो ।















