जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको पाचौ स्थापना दिवस भब्य रुपमा सम्पन्न

ए वान डेस्क
२१ श्रावण २०७९, शनिबार १८:१९

ए वान डेस्क /

मधेश प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महत्तोले तीनै तहको सरकारले उद्योगमैत्री वातावरण सिर्जना गर्नमा महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ । जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघको पाचौ स्थापना दिवसको अवसरमा बाराको सिमरामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री महत्तोले उद्योग स्थापना र सञ्चालन तीनै तहको सरकारसंग सम्बन्धित रहेकाले गम्भीर हुनुपर्ने आवश्यक्ता औल्याउनुभयो ।

प्रदेश सरकारले वीरगञ्जमा उद्योग विभाग र पर्यटन बिकास कार्यालय खोल्न लागेको भन्दै उहाले एक हप्ता भित्रमै कार्यालय स्थापना गरी दर्ता देखि नबीकरणसम्मको प्रक्रियाका कार्यहरु सञ्चालन गरिने बताउनुभयो ।

 

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले उद्योग ऐन अनुसार उद्योगहरुले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने बताउनुभएको छ । उहाले उद्योगहरुले आर्जन गरेको नाफाको एक प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्नुपर्ने भन्दै उद्योगहरुलाई आफ्नो धर्म निर्वाह गरी व्यवसाय दर्ता देखि नक्सापास सम्बन्धी कार्यहरु गर्न आह्वान गर्नुभयो ।

यसैबिच, कार्यक्रममा उपस्थित उद्योगी ब्यवसायीहरुले बारा, पर्सा र रौतहट जिल्लालाई औधोगिक करिडोर घोषणा गर्न माग गरेका छन् । बिरगंज उद्योग बाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले देशको अर्थतन्त्र बृद्धिमा महत्वपुर्ण भुमिका खेलेका उद्योगहरु यसै क्षेत्रमा रहेका कारण सरकारले यस क्षेत्रलाई औधोगिक करिडोर घोषणा गर्नुपर्ने बताउनुभयो ।

उहाले तिनै तहको सरकारको पहलमा विरगञ्जलाई आर्थिक राजधानी घोषणा गर्नुपर्ने समेत बताउनुभयो । मधेस प्रदेश उद्योग बाणिज्य संघका अध्यक्ष गणेश लाठले प्रदेश सरकारले आफनै औधोगिक क्षेत्र बनाउनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले संस्थामा आबद्ध उद्योगी तथा ब्यवसायीलाई लक्षित हितकोषको शुरुवात गरिने बताउनुभयो ।

जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव प्रकाश गिरीले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*