प्राथमिक स्वास्थ्य केन्द्र सिमरालाई १५ शैयाको बनाउने तयारी, काम शुरु गर्न नगर प्रमुखको निर्देशन

ए वान डेस्क
२९ श्रावण २०७९, आईतवार १८:४०

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकाले बाराको सिमरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको क्ष्ँमता बिस्तार गर्ने भएको छ । हाल ३ शैयाको प्राथमिक स्वास्थ्य केन्द्रलाई उपमहानगरपालिकाले असोजदेखि १५ शैयाको बनाउने तयारी थालेको हो ।

असोज महिनादेखि चाबिसै घण्टा सञ्चालन गर्ने गरी १५ शैयाको प्राथमिक स्वास्थ्य केन्द्र बनाउने बिषयमा सिमरामा आज छलफल भएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा भएको छलफलमा नगर प्रमुख राजन पौडेलले असोज महिनादेखि प्राथमिक स्वास्थ्य केन्द्रको क्षमता बिस्तार गर्नेगरी आन्तरीक तयारी थाल्न निर्देशन दिनुभयो ।

अधुरो भवन निर्माण गरेर असोजदेखि प्राथमिक स्वास्थ्य केन्द्र सिमरा चौबिसै घण्टा सञ्चालन गर्ने तयारी भईरहेको नगर प्रमुख पौडेलले बताउनुभयो । भौतिक पुर्वाधार तयार गरेर आवश्यक जनशक्ति पुर्ति गरी प्राथमिक स्वास्थ्य केन्द्रको क्षमता बिस्तार गर्न आफु लागि परेको नगर प्रमुख पौडेलले बताउनुभयो ।

छलफलपछि ए वान समाचारसंग कुरागर्दै नगर प्रमुख पौडेलले अस्पतालबाट गुणस्तरीय सेवा प्रदान गर्नु आफ्नो पहिलो एजेण्डा रहेको भन्दै उहाले असोजदेखि १५ शैयाको अस्पताल सञ्चालनमा ल्याउने गरी तयारी भईरहेको बताउनुभयो ।

छलफलमा वडा नम्बर २ का वडा अध्यक्ष धन बहादुर श्रेष्ठ, स्वास्थ्य महाशाखा प्रमुख रबि भास्कर, ईन्जिनियर संजिव रुपाखेती, प्राथमिक स्वास्थ्य केन्द्र सिमराका प्रमुख असोक जैसवाल लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*