चेम्बर अफ कमर्सको जीतपुरसिमरा कमिटी गठन, अध्यक्षमा श्रेष्ठ चयन

ए वान डेस्क
३० श्रावण २०७९, सोमबार ०७:१३

जीतपुरसिमरा चेम्बर अफ कमर्सको नगर कमिटी गठन भएको छ । बाराको सिमरामा आज भएको भेलाले चेम्बर अफ कमर्सको नगर कमिटि गठन गरेको हो ।

भेलाले नगर कमिटिको अध्यक्षमा मनलाल श्रेष्ठ (राजु) को अध्यक्षतामा २१ सदस्यि तर्दथ समति गठन गरेको छ । गठित समितिको बरिष्ठ उपाध्यक्षमा शेख नसिम हुसेन, महासचिबमा आलिम हुसेन, सचिबमा दिपेन्द्र साह, सह सचिबमा बिकास पाण्डे, कोषाध्यक्षमा निर्मला के.सि र सह कोषाध्यक्षमा सन्तोष दाहाल चयन हुनुभएको छ ।

व्यवसायीक हितको निम्ति गठन भएको चेम्बर अफ कमर्सले नगर स्तरीय तर्दथ समिति गठन गरेको चेम्बर अफ कमर्स बाराका अध्यक्ष रुपेश पोखरेलले जानकारी दिनुभयो । भेलामा जिल्ला अध्यक्ष रुपेश पोखरेल, प्रदेश उपाध्यक्ष सिता के.सी लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*