१० बुँदे सहमतिपछि डा. केसीले तोडे अनसन

ए वान डेस्क
८ आश्विन २०७९, शनिबार २०:५३

१० बुँदे सहमतिपछि डा. गोविन्द केसीले अनसन तोडेका छन्। सरकारसँग शनिबार साँझ १० बुँदे सहमति गरेपछि डा. केसीले अनसन तोडेका हुन्।

कैलालीबाट अनसन सुरु गरेका केसीको स्वास्थ्यमा समस्या देखिएको त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो।

केसीले त्रीवि शिक्षण अस्पतालमा उपचारत एक बिरामीको हातबाट जुस पिएर १३ ‌औं दिनमा अनसन तोडेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।

सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषद्मा पेस गर्ने समेत सम्झौता भएको छ। उनी थप उपचारको लागी केहि दिन अस्पतालमै रहने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*