सिमरामा भोलिदेखि ‘के एस आर मुभिज’ सञ्चालनमा आउदै, जाने हैन प्रेम गित ३ हेर्न ?
ए वान डेस्क /
बाराको सिमरामा भोलिदेखि के एस आर मुभिज सञ्चालनमा आउदैछ । मधेश प्रदेशकै पहिलो मल्टिप्लेक्स सिनेमा हल के एस आर मुभिजको भोलि उद्घाटन गरिदैछ ।
मुभिजको भोलि बिहान एक कार्यक्रमकाबिच उद्घाटन गर्न लागिएको सञ्चालक काशिम मियाले जानकारी दिनुभयो । के एस आर मुभिजमा प्रविधियुक्त साउण्ड सिस्टम र उत्कृष्ट प्रोजेक्टर रहेको छ ।
सिमरा बिजनेस सेन्टरमा रहेको के एस आर मुभिजको उद्घाटनको अवसरमा भोलि प्रेम गित ३ प्रदर्शन गर्न लागिएको छ । व्यवस्थित पार्किङ्गसंगै सुविधा सम्पन्न मार्केटसमेत रहेको सिमरा बिजनेस सेन्टरमा भोलि एकै साथ दुई वटै हल सञ्चालनमा आउन लागेको हो । ठुलो र सानो पर्दामा गरी एकैपटक ३ सय भन्दा बढीले फिल्म हेर्न सक्ने सञ्चालक मियाले बताउनुभयो ।
के एस आर मुभिजको उद्घाटनको अवसरमा भोलि प्रेम गित ३ को हिन्दि र नेपाली दुवै चलचित्र प्रदर्शन आउदैछ । चलचित्रको प्रचार प्रसार गर्ने उदेश्यका साथ प्रेम गित ३ को जम्बो टोलि पनि भोलि सिमरा आउने सञ्चालक राजन उप्रेतीले बताउनुभयो ।
प्रेम गित ३ का नायक प्रदिप खड्का, नायिका क्रिस्टिना गुरुङ, निर्माता संतोष सेनसहितको जम्बो टोलि सिमरा आउने उप्रेतीले बताउनुभयो ।















