जीतपुरसिमरा १५ को नवनिर्मित वडा कार्यालयको उद्घाटन

ए वान डेस्क
१० आश्विन २०७९, सोमबार १८:३७

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ को नवनिर्मित वडा कार्यालयको उद्घाटन गरिएको छ । भवनको आज एक कार्यक्रमकाबिच जीतपुरसिमरा उमपहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले नगरपालिकाको आर्थिक कारोबार रोकिनुमा वडा कार्यलय पनि जिम्मेवार रहेको बताउनुभयो । उहाले जनतालाई छिटो छरितो सेवा दिन पर्नेमा समेत जोड दिनुभयो । कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले चाडपर्वको समयमा हुने बिभिन्न घटना न्युनिकरण गर्न सबै लाग्नुपर्ने बताउनुभयो । उहाले यस्तो बेला सबै सचेत हुनुपर्ने पनि बताउनुभयो ।

भवन उदघाटन कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, भवन निर्माण समितिका मंगलसिह तामाङ, वडा सचिव प्रदिप रेग्मि, अपाग सेवा संघ बाराका निवर्तमान अध्यक्ष धन प्रसाद बजगाई, शिक्षक श्याम भटराई, कार्यपालिका सदस्य प्रलाद साह लगायतले बोल्नुभएको थियो । वडा नम्बर १५ का वडा अध्यक्ष राम प्रसाद लामिछानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*