बारामा पर्यटन दिवस : सिमरा बिमानस्थलमा यात्रुलाई गरियो सम्मान

ए वान डेस्क
११ आश्विन २०७९, मंगलवार २०:०१

काठमाडौंबाट सिमरा आउने पहिलो बिमानका यात्रुहरुलाई बाराको सिमरा बिमानस्थलमा आज सम्मान गरिएको छ । बिश्व पर्यटन दिवसको अवसरमा होटल तथा पर्यटन व्यवसायी महासंघले यात्रुहरुलाई स्वागत स्वरुप आज सम्मान गरेको हो ।

यात्रुहरुलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल लगायतले खादा लगाएर सम्मान गर्नुभएको थियो । दिवसको अवसरमा बिभिन्न संघ संस्थासंगको सहकार्यमा यात्रुहरुलाई सम्मान गरिएको होटल तथा पर्यटन व्यवसायी महासंघका महासचिव मोहन शर्मा लामिछानेले जानकारी दिनुभयो ।

लामिछानेका अनुसार चालक दलका सदस्यसहित काठमाण्डौबाट सिमरा आएका यात्रुहरुलाई फुल माला र खादासहित सम्मान गरिएको हो । दिवसको अवसर पारेर पर्यटकीय नगरी सिमरामा महासंघले सम्मान गर्दा यात्रुहरु निकै हर्षित देखिएका थिए । नाटा मधेश प्रदेशका अध्यक्षसमेत रहेका जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष लामिछानेको संयोजनमा सम्मान कार्यक्रम आयोजना गरिएको थियो । सम्मान कार्यक्रममा नाटा मधेश प्रदेश, होटल तथा पर्यटन व्यवसायी संघ बारा, सिमरा बिमानस्थल, ईलाका प्रहरी कार्यालय सिमरा, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ लगायत बिभिन्न संघ संस्थाले सहकार्य गरेका थिए ।

 

सम्मान कार्यक्रममा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिना, बरिष्ठ समाजसेवी काशिम मिया, पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रेशम तिवारी, होटल तथा पर्यटन व्यवसायी संघ बाराका कार्यवहाक अध्यक्ष अर्जुन लम्साल, महासचिव शम्भु खड्गी, नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरि लगायतको उपस्थिति रहेको थियो ।

घुमौ मधेश, बुझौ मधेश भन्ने नाराका साथ आयोजित कार्यक्रममा बोल्दै वक्ताहरुले पर्यटन प्रवद्र्धनको महाअभियानमा सबै एक भएर लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लक्ष्मी खरेलले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*