बारा क्षेत्र नम्बर ४ मा विकासको ढोका खुल्यो : पुर्वमन्त्री श्रेष्ठ
ए वान डेस्क /
पुर्व श्रम तथा रोजगार मन्त्री किशान श्रेष्ठले बारालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न समबद्ध सबै निकाय एक हुनुपर्नेमा जोड दिनुभएको छ । होटल तथा पर्यटन व्यवसायी संघ बारा र होटल तथा पर्यटन सहकारी संस्था लिमिटेडको चौथो बार्षिक साधारणभालाई सम्बोधन गर्दै पुर्व मन्त्री श्रेष्ठले पर्यटन प्रवद्र्धन अभियानमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
पर्सा राष्ट्रिय निकुञ्जलाई केन्द्र बिन्दु बनाएर पर्यटन प्रवद्र्धन अभियान चलाउनुपर्ने भन्दै उहाले सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । फरक प्रशंगमा उहाले बारा क्षेत्र नम्बर ४ मा विकासको ढोका खुलेको बताउनुभयो । विकास निर्माणको काममा राजनिति गर्न नहुने भन्दै उहाले क्षेत्र नम्बर ४ को विकासमा आफु गंभिर भएर लाग्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले नगरको विकासमा सबैले चासो देखाउन आवश्यक रहेको बताउनुभयो । नगरको संरचनागत विकासमा आफु गंभिर रुपमा लागेको भन्दै उहाले जनताको काममा आफु दृढ भएर लाग्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले मधेश प्रदेशको पर्यटन विकासमा बाराले ठुलो भुमिका खलेको भन्दै प्रशंसा गर्नुभयो । उहाले बारा जिल्लामा भएका पर्यटन प्रवद्र्धनको गतिविधि प्रशंसनीय रहेको भन्दै आगामी दिनमा पनि विशेष योजनाका साथ लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी महासंघका संरक्षक सल्लाहकार युवराज लामा, बरिष्ठ उपाध्यक्ष सुरेन सापकोटा, बरिष्ठ पर्यटन तथा होटल व्यवसायी काशिम मिया, नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रेशम तिवारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमकाबिच बिभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । पत्रकारितामार्फत संघ र संस्थाको गतिविधिलाई प्रचार प्रसार गरेको भन्दै सञ्चारकर्मी उपेन्द्र ठाकुर, सारदा पोखरेल र रञ्जन यादवलाई सम्मान गरिएको थियो ।

होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछाने र होटल तथा पर्यटन सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रलाद उप्रेतीको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लक्ष्मी खरेलले गर्नुभएको थियो । कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ बाराका कार्यवहाक अध्यक्ष अर्जुन लम्सालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।















