जीतपुरसिमराले यसरी मनायो विश्व रेविज दिवस, आज र भोलि खोप कार्यक्रमको आयोजना

ए वान डेस्क
१२ आश्विन २०७९, बुधबार १७:०८

आज विश्व रेविज दिवस । बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ ।

दिवसको अवसरमा बाराको सिमरामा पनि कार्यक्रमको आयोजना गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन शाखा सिमराको आयोजनामा सिमरामा घरपालुवा कुकुर विरालालाई खोप कार्यक्रमको आयोजना गरिएको छ । वन हेल्थ, जिरो डेथ भन्ने मूल नाराका साथ रेबिज विरुद्ध खोप कार्यक्रमको आयोजना गरिएको हो ।

कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्द्धन शाखा सिमराका प्रमुख राधिका भारतीले आज र भोलि घरपालुवा कुकुर र बिरालोलाई निशुल्क खोप लगाईने बताउनुभयो ।

पशुपंक्षी रोग अन्वेशण प्रयोगशाला जनकपुर मधेश प्रदेशको सहयोगमा आयोजित कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले व्यानर पढेर उद्घाटन गर्नुभएको थियो । कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन शाखा सिमराका प्रमुख भारतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उप प्रमुख भोला प्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत चेतप्रसाद पोखरेल, सञ्चारकर्मी विदुर खड्का लगायत कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रतीतकुमार राईको स्वागत रहेको कार्यक्रमको सञ्चालन मेनुका खनालले गर्नुभएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*