‘हिजो आजका कुरा’ चलचित्रको टोलि सिमरामा, के एस आर मुभिजको अवलोकन

ए वान डेस्क
१४ आश्विन २०७९, शुक्रबार १४:३३

ए वान डेस्क /

चलचित्र प्रदर्शनको पुर्वसध्यामा हिजो आजका कुरा चलचित्रको टोलि बाराको सिमरा आईपुगेको छ । चलचित्रको प्रचार प्रसार गर्ने उदश्यका साथ बरिष्ठ कलाकार संतोष पन्तको नेतृत्वमा टोलि आज सिमरा आईपुगेको हो ।

टोलिले बाराको सिमरामा रहेको मधेश प्रदेशै पहिलो मल्टिप्लेक्स हल के एस आर मुभिजको अवलोकन गरेको छ । मुभिजको अवलोन गर्दै टोलिले सिनेमा हलमा उपस्थित दर्शकहरुसंग कुराकानी गरेका छ ।

सो क्रममा बरिष्ठ कलाकार संतोष पन्तले चलचित्र हेरि सहयोग गर्न आग्रह गर्नुभएको थियो । नायिका रिचा शर्माले पारिवारिक रुपमा बनेको चलचित्र उत्कृष्ट बनेको बताउनुभयो । चलचित्रको टोलिलाई के एस आर मुभिजका सञ्चालकद्धय राजन उप्रेती र सुदिप लामाले स्वागत गर्नुभएको थियो ।

चलचित्र हिजो आजका कुरा यही असोज २८ गतेदेखि देशभर एकैसाथ प्रदर्शनमा आउदैछ । चलचित्रमा बरिष्ठ कलाकार संतोष पन्त, रमा थपलिया, केकि अधिकारी, रिचा शर्मा, रिमा बिश्वकर्मा लगायतको अभियन रहेको छ । प्रचार प्रसारपछि चलचित्रको टोलि हेटौडा प्रस्थान गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*