क्षेत्र नम्बर ४ को विकासमा कुनै कसर बाकी राख्दिन : किशान श्रेष्ठ

ए वान डेस्क /
पुर्व श्रम तथा रोजगार मन्त्री किशान श्रेष्ठले क्षेत्र नम्बर ४ को विकासमा कुनै कसर बाकी नराख्ने बताउनुभएको छ । नेपालीहरुको महानचाड बडादशै, शुभ दिपावली र छठ पर्वको बाराको सिमरामा आज ब्रह्मकुमारी रोजयोग सेवा केन्द्रले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै पुर्वमन्त्री श्रेष्ठले विकास निर्माणको काममा आफु सधै अग्रसर रहने बताउनुभयो ।
गठबन्धनको तर्फबाट आफु क्षेत्र नम्बर ४ को उम्मेदवार बन्ने लगभग निश्चित भईसकेको भन्दै उहाले सबैले विजयी गराउन सहयोग गर्नुपर्ने बताउनुभयो । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रसंग आफ्नो पुरानो सम्बन्ध रहेको भन्दै उहाले आफु निर्वाचित भएपछिको पहिलो महिनाको पारिश्रमिक केन्द्रमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष अर्जुन लम्साल, होटल तथा पर्यटन सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रलाद उप्रेती, समाजसेवी माधव त्रिपाठी, राजाराम साह लगायतको उपस्थिति रहेको थियो ।
केन्द्रकी सञ्चालिका ब्रह्माकुमारी मधु दिदिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन ब्रह्मकुमार परमेश्वर भाइजीले गर्नु भएको थियो । कार्यक्रममा ब्रह्मकुमार सन्तोष भाइले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो भने फुल गुच्छा माला र खादाद्वारा ब्रह्माकुमारी ममता दिदि र ब्रह्माकुमारी शुभ लक्ष्मी बहिनिले स्वागत गर्नुभएको थियो ।