जीतपुरमा क्षेत्र नं. ४ को निर्वाचन कार्यलय स्थापना
२१ आश्विन २०७९, शुक्रबार १३:०६
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि जीतपुरमा निर्वाचन कार्यलय स्थापना गरिएको छ । जिल्ला निर्वाचन कार्यालय कलैयाका प्रमुख सराेज चाैधरीका अनुसार बारा क्षेत्र नं. ४ को कार्यालय स्थापना गरिएकाे हो । जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय जीतपुरमा स्थापना गरिएको निर्वाचन कार्यलयको नगर प्रमुख राजन पौडेलले उद्घाटन गर्नुभएको थियो ।















