क्षेत्र नम्बर ४ : मनोनयन दर्ता शुरु, ३ जनाले गरे उम्मेदवारी दर्ता
ए वान डेस्क /
मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको लागी बाराको क्षेत्र नम्बर ४ मा मनोनयन दर्ता शुरु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता शुरु भएको हो ।
केहिबेर अघिसम्मको विवरण अनुसार ३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यका लागी हरि नारायण सहनीले पहिलो स्वतन्त्र उम्मेदवारी दिएका छज् । सहनी जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० निवासी हुन् ।
यसैगरी बारा क्षेत्र नम्बर ४ ख का लागी केदार प्रसाद तेली र राजु देवानले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका तेली पर्सौनी गाउपालिका वडा नम्बर ४ र देवान वडा नम्बर ५ निवासी हुन् ।
मनोनयन दर्ता अन्र्तगत ठुला दलका उम्मेदवारहरुले केहिबेर पछि मनोनयन दर्ता गराउने कार्यक्रम रहेको निर्वाचन अधिकृत कर्ण बहादुर राईले जानकारी दिनुभयो ।















