जगदम्बा स्टीलका मजदुरकाे ट्रककाे ठक्करबाट मृत्यु

ए वान डेस्क
५ कार्तिक २०७९, शनिबार २२:२०

बाराकाे सिमरास्थित जगदम्बा स्टीलमा कार्यरत एक मजदुरकाे सवारी दुर्घटनामा मृत्यु भएको छ ।

जगदम्बा स्टीलमा कार्यरत करैयामाइ गाउँपालिका ५ का ४० वर्षिय रामसुरच चाैधरीकाे मृत्यु भएको हाे । ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाका अनुसार ट्रकले ठक्करबाट गम्भीर घाइते भएका चाैधरीलाई वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पठाईएकाे छ । अस्पतालका चिकित्सकले मृत घाेषणा गरेका छन् ।

जगदम्बा स्टिल भित्र प्रवेश गर्न सडकछेउमा राखिएको लहरीका कारण ट्रकले सर्भिस लेनमा मजदुरलाई प्रदेश २ ०३१६ नम्बरको ट्रकले ठक्कर दिएको स्थानीयले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*