बारामा देउसी भैलो : सस्कृती संरक्षण गर्न होटल संघको अभियान
ए वान डेस्क /
तिहारको सुरुवातसंगै देउसी भैलोको रौनक अहिले जारी छ । यतिखेर सहरदेखि गाउंसम्म विभिन्न समूह देउसी भैलोमा झुमिरहेका छन् । बालबालिकादेखि युवायुवती र वृद्धवृद्धालाई समेत देउसी भैलोले छोएको छ ।
यहा देउसी भैलोमा प्रस्तुत गरिने लोपोन्मुख परम्परागत संस्कृतिले सर्वसाधारणलाई आकर्षित गरेको छ । कला तथा सस्कृतीको संरक्षण गर्ने उदेश्यका साथ होटल तथा पर्यटन व्यवसायी संघ बारा र होटल तथा पर्यटन सहकारी संस्था लिमिटेड बाराको संयुक्त आयोजना अहिले बारामा देउसी भैलो कार्यक्रम अहिले जारी छ ।
पुख्र्यौली नृत्य जस्ता परम्परागत संस्कृतिसहित बारामा देखाईएको देउसी भैलो जिल्लाकै आकर्षक भएको धेरैको भनाई छ । परम्परागत रुपमा रहेका विभिन्न जातजातिका लोपोन्मुख संस्कृतिहरुलाई देउसी भैलोमा समावेश गर्दा कला संस्कृति संरक्षणमा टेवा पुग्ने होटल तथा पर्यटन व्यवसायी संघ बाराका महासचिव गोबिन्द गहतराजले बताउनुभयो ।
अधिकँश देउसी भैलोमा मौलिक संस्कृतिको प्रदर्शन हुदा देउसी भैलोको अवलोकन गर्नेहरुको समेत भीड लाग्ने गरेको छ । ‘कला संस्कृतिकै जगेर्नाका लागि देउसी भैलो खेलिएको हो, हामीले देखाउने पुराना संस्कृतिले यहाका बासिन्दालाई समेत प्रभावित बनाएको पाएका छौ, यहँबाट सङ्कलन हुने दान रकम समेत लोपोन्मुख संस्कृतिको संरक्षणसँगै सङ्घको संस्थागत विकास र व्यवस्थापनमा खर्चिने योजना बनाएका छौं,’ महासचिव गहतराजले भन्नुभयो ।
शुभ दिपावलीको अवसरमा आयोजित शुभकामना आदान प्रदानसंगै देउसी भैलो कार्यक्रम कार्तिक ७ गतेदेखि शुरु भएको थियो । सिमराबाट शुरु भएको देउसी भैलो कार्यक्रम निजगढ, अमलेखगञ्ज, जीतपुर, पथलैया क्षेत्रमा आयोजना गरिएको महासचिव गहतराजले बताउनुभयो । देउसी भैलो कार्यक्रम अन्र्तगत आज बडहर्वा, डुमरवाना र जीतपुर क्ष्ँेत्रमा कार्यक्रम गरिने उहाले बताउनुभयो ।